काभा महिला भलिबलको उपाधिको लागि आज नेपाल र भारत भिड्दै

काठमाडौं । काभा महिला भलिबल प्रतियोगिताको उपाधिको लागि आज नेपाल र भारत भिड्दै छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हालमा हुने खेल बेलुकी ५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्य साथ् मैदान उत्रिनेछन् । नेपाल आज इतिहास रच्ने लक्ष्यसाथ मैदान उत्रिनेछ । भारत नेपालको लागि सँधै टाउको दुखाइ बन्दै आएको छ । लिग चरणको खेलमा भारतलाई ३-२ को सेटमा पाखा लगाएको  नेपाल आजपनि सोहि लयलाई निरन्तरता दिन चाहन्छ ।

नेपालले हिजो भएको सेमिफाइनल खेलमा इरानलाई ३-० को सोझो सेटमा हराएको थियो । यता भारत भने श्रीलंकालाई हराउँदै फाइनलको बाटो तय गरेको थियो । नेपाललाई आज पाँच वर्ष अगाडिको घाउमा मलम लगाउने अवसर रहेको छ । सन् २०१९ मा भएको १९ औं दक्षिण एसियाली खेलकुदमा नेपाल भारतसँग फाइनल खेलमा ३-२ को सेटमा पराजित हुँदै स्वर्ण पदकबाट वन्चित भएको थियो ।

त्यसैले नेपाल आज उक्त हारको बदला लिन चाहन्छ । यता भारत भने लिग चरणको खेलको नतिजा उल्टाउँदै उपाधि उचाल्ने दाउमा रहेको छ ।

यस्तै आजै तेस्रो स्थानको लागि हुने खेलमा इरान र श्रीलंका भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *