एजेन्सी । युवा स्टार इर्लिङ ब्राउट हालान्डको ह्याट्रिकको मद्दतमा म्यानचेस्टर सिटीले प्रि-सिजन अन्तर्गत भएको मैत्रीपूर्णमा सहज जित निकालेको छ । आइतबार बिहान भएको खेलमा सिटीले चेल्सीलाई ४-२ गोलले हराएको हो ।
ओहिओ स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन हालान्डले ह्याट्रिक पूरा गर्दा ओस्कार बबले एक गोल थपे । चेल्सीको लागि रहिम स्टेर्लिङ र नोनी माडुएकेले समान एक/एक गोल गरे ।
अन्य खेलमा रियल बेटिसले अल इत्तिहादलाई ४-१ गोलले हराउँदा युभेन्ट्स ब्रेस्टसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।