सन्दीप लामिछानेविरुद्ध गौशाला-२६ पुनरावेदन नजाने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने विरुद्ध गौशाला- २६ सर्वोच्च अदालत नजाने भएकी छन् । बलात्कार मुद्दामा पाटन उच्च अदालतले निर्दोष ठहर गर्दै सन्दीपको मुद्दामा पूर्ण पाठ आएसँगै उनलाई माथिल्लो अदालत जाने बाटो खुलेको थियो ।

तर गौशाला २६ ले आफ्नो मुद्दा सर्वोच्चमा नलग्दिन आग्रह गर्दै सरकारी वकिललाई निवेदन दिएको स्रोतले बताएको हो । सरकारी वकिलले भने उनलाई मुद्दाको पूर्णपाठ हेरेर जाने नजाने निर्णय गर्ने जानकारी दिएको थियो ।

स्रोतका अनुसार पीडित नजाने भनेपनि सरकारी वकिलले चाहेको खण्डमा भने सर्वोच्च जान सक्ने सम्भावना रहन्छ । तर पीडितले नै नचाहेपछि मुद्दा सर्वोच्चमा पुग्ने सम्भावना कमजोर रहन्छ ।

गौशाला- २६ ले हालेको बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषि ठहर गरेको थियो । तर, सो फैसला उल्टाउँदै उच्च अदालत पाटन गत २ जेठमा सन्दीपलाई सफाइ दिएको थियो। फैसलाको पूर्णपाठ बुझेको ७० दिनभित्र पुनरावेदन गर्न सकिने प्रावधान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *