कीर्तिपुरका नगर प्रमुख राजकुमार नकर्मीको निधन

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ । बिहीबार राति उपचारका क्रममा वीर अस्पतालमा मेयर नकर्मीको निधन भएको हो ।

मेयर नकर्मी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए । श्रद्धाञ्जलीका लागि आज बिहान ९ बजेदेखि ११ बजेसम्म कीर्तिपुर नगरपालिका परीसरमा मेयर नकर्मीको पार्थिव शरीर राखिनेछ ।

नकर्मी गत स्थानीय चुनावमा कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए । वामपन्थीहरूको लालाकिल्लाका रूपमा रहेको कीर्तिपुर नगरपालिकामा पहिलो पटक एमाले ‘क्लिन स्विप’ भएको थियो । २०५४ सालमा नगरपालिका बनेको कीर्तिपुरमा पहिलो पटक कांग्रेसका नकर्मी मेयरमा निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *