विश्व खेलकुदको महाकुम्भ पेरिस ओलम्पिक आजबाट शुरु हुँदै

काठमाडौं । विश्व खेलकुदको महाकुम्भ पेरिस ओलम्पिक-२०२४ आजबाट शुरु हुँदैछ । फ्रान्सको राजधानी पेरिसमा आज ओलम्पिकको भव्य उद्घाटन हुँदैछ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले खेलको आधिकारिक उद्घाटन गर्दै ओलम्पिक कल्ड्रनको लाइटमा पनि समावेश हुनेछन् ।

अगस्ट ११ सम्म चल्ने प्रतियोगितामा २ सय ६ राष्ट्रका १० हजार ७ सय १४ खेलाडीले तीन सय उनन्तिस स्वर्णको लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा नेपालबाट ७ जना खेलाडीको सहभागिता रहेको छ । जसमा टेबलटेनिसकी स्यान्टु श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा तथा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ छन् ।

ओलम्पिकमा नेपालको झण्डा टेवन टेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनीता प्रधानले बोक्नेछन् । स्यान्टु घरेलु मैदानमा भएको दक्षिण एसियाली छनोट चरणमा स्वर्ण पदक जित्दै पेरिस ओलम्पिकका लागि छनोट भएका हुन् । मनिता भने एसियाली कोटाबाट छनोट भएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *