बेचन झालाई थुनामै राखेर अनुसन्धान गर्न सर्वोच्चको अनुुमति

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झालाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

झाका तर्फबाट छोरा दिव्यांशु शेखर झाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि बिहीबार सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले ‘कानुनबमोजिम गर्न’ आदेश जारी गरेको हो । योसँगै अनुसन्धान पूरा हुनुअघि नै थुनामुक्त हुने झाको प्रयास असफल भएको छ ।

गत वर्ष कारबाहीको प्रक्रिया समेत चलाइएको नक्कली भुटानी शरणार्थी प्रकरणका तत्कालीन फरार अभियुक्त झा भारतमा बस्दै आएका थिए । प्रहरीले पक्राउ गरी अनुसन्धान जारी रहेका बेला उनका छोरा दिव्यांशुले गएको असार ३० गते बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

आर्थिक वर्षान्तपछि अदालतमा हुने काम–कारबाही केही समय रोकिने भएकाले उनको पालो ढिला आएको हो । सर्वोच्चले बन्दीप्रत्यक्षीकरणका मुद्दा नियमित रूपमा हेर्दै आएको थियो । तर, बेचनको मुद्दामा भने बिहीबार (आज) मात्र आदेश भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *