पूर्वमन्त्री रामचन्द्र रायको हत्या

सर्लाही । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । पूर्वभूमिसुधार राज्यमन्त्री रायको सर्लाहीको चन्द्रपुर गाउँपालिकास्थित आफ्नै घरमा हत्या भएको हो ।

घटनास्थलमा पुगेको प्रहरीले उनलाई कोठाभित्र मृत फेला पारेको थियो । मधेस प्रदेशका प्रहरी नायव महानिरीक्षक यज्ञविनोद पोखरेलका अनुसार सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, रतनपुरमा उनको हत्या भएको हो ।

उनीमाथि धारिलो हतियार प्रहार भएको प्रहरीले जानकारी दिएको छ । हत्या सम्बन्धमा अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ । त्यसका लागि तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *