हरिवंश आचार्य अस्पताल भर्ना

काठमाडौं । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । कार्यक्रमको शिलशिलामा विराटनगर पुगेका आचार्यको नाकबाट रगत बगेपछि त्यहाँस्थित बिराट नर्सिङ होममा भर्ना गरिएको हो ।

उनको स्वास्थ्य अवस्था बुझ्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पनि अस्पताल पुगेका थिए । उनले आचार्यको अवस्था सामान्य रहेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *