काठमाडौं । काभा यु-२० महिला भलिबल च्याम्पियनसिप अन्तर्गत भएको पहिलो खेलमा नेपाल पराजित भएको छ । बिहीबार राति भएको खेलमा नेपाल घरेलु तोलीई माल्दिभ्ससँग ३-१ को सेटमा पराजित भएको हो ।
माल्दिभ्सको माले सिटीस्थित सोसल सेन्टरमा भएको खेलको पहिलो सेट २५-२० ले गुमाएको नेपालले दोस्रो सेट २४-२६ ले आफ्नो पक्षमा पारेको थियो। तर, तेस्रो सेटमा २५-११ र चौथो २५-१८ ले गुमाउँदै हार बेहोरेको हो ।
उपाधि दावेदार टोलीको रुपमा रहेको नेपाल पहिलो खेलमै पराजय व्यहोर्न बाध्य भयो । नेपालले दोस्रो खेलमा शुक्रबार किर्गिस्तान र राउन्ड रोविन लिगको अन्तिम खेलमा शनिबार माल्दिभ्ससँग खेल्नेछ । राउन्ड रोविन लिगपछि लिगको शीर्ष र चौथो हुने टोली तथा लिगको दोस्रो र तेस्रो हुने टोलीबीच सेमिफाइनल खेल हुनेछ ।