दक्षिण अफ्रिकामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

दक्षिण अफ्रिकास्थित जोहानेसबर्गमा बुधबार बिहान विद्यालयतर्फ जाँदै गरेको मिनीबस अर्को गाडीसँग ठोक्किएपछि पल्टिएर आगलागी हुँदा १२ जना बालबालिकाको मृत्यु भएको सरकारले जनाएको छ ।

मिनीबसका चालकको पनि मृत्यु भएको र अन्य सात जना बालबालिकालाई तत्काल उपचारका लागि अस्पताल लगिएको गौतेङ्ग प्रान्तीय सरकारले विज्ञप्तिमा जनाएको छ ।

टेलिभिजनमा प्रसारण तस्बिरहरूले सहरबाट ७० किलोमिटर पश्चिममा रहेको मेराफोङमा भएको दुर्घटनामा मिनीबस पूर्ण रूपमा नष्ट भएको देखाएको छ ।

गौतेङ्गका शिक्षामन्त्री माटोम चिलोनेले बताए । उनले भने, ‘यो दुखद घटनाबाट म निकै दुःखी छु । हाम्रा छोराछोरीहरू गुमाउनु हाम्रो समुदायका लागि आघातपुर्ण घटना हो । हामी मृतकको परिवारप्रति समवेदना प्रकट गर्दछौ र घाइते विद्यार्थीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *