अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

एजेन्सी । अर्जेन्टिना कोपा अमेरिका फूटबलको फाइनलमा पुगेको छ । बुधबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा क्यानडालाई २-० गोलले हराउँदै अर्जेन्टिनाले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

मेटलाइफ स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन जुलियन अल्भारेज र लियोनल मेस्सीले समान एक/एक गोल गरे । खेलको २२ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका थिए ।

५१ औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा अर्जेन्टिना २-० गोलले विजयी भएको हो ।

अब अर्जेन्टिनाले उपाधिको लागि भोलि बिहान उरुग्वे र कोलम्बियाबीच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *