एजेन्सी । स्पेन युईएफए युरो कप फूटबलको फाइनलमा पुगेको छ । मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा फ्रान्सलाई २-१ गोलले हराउँदै स्पेन फाइनलमा पुगेको हो ।
म्युनिखमा भएको खेलमा स्पेनलाई जित दिलाउन लामीने यामाल र डानी ओल्मोले समान एक/एक गोल गरे । फ्रान्सको लागि रान्डाल कोलो मुआनीले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा फ्रान्स फाइनल पुग्नबाट वन्चित भएको हो । खेलको नवौं मिनेटमा एम्बाप्पेको क्रसमा मुआनीले गोल गर्दै फ्रान्सलाई शुरुवाती अग्रता दिलाएका थिए ।
२१ औं मिनेटमा यामालले सुन्दर गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा ल्याए । २५ औं मिनेटमा ओल्मोले गोल गर्दै स्पेनलाई २-१ गोलको अग्रता दिलाए । दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा स्पेन २-१ गोलले विजयी भएको हो ।
अब फ्रान्सले उपाधिको लागि आज नेदरल्यान्ड्स र इंग्ल्याण्डबीच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ ।