युरोकपको फाइनल पुग्न स्पेन र फ्रान्स भिड्दै

एजेन्सी । युईएफए युरोकप फूटबलको पहिलो सेमिफाइनल खेलमा आज स्पेन र फ्रान्स भिड्दैछन् । म्युनिखमा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जित निकाल्दै फाइनलमा प्रवेश गर्न चाहन्छन् । स्पेन जर्मनीलाई २-१ गोलले हराउँदै सेमिफाइनलमा पुग्दा फ्रान्सले पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराएको थियो । दुवै टोली प्रतियोगितामा अपराजित रहेका छन् ।

दुई टोलीबीच भएको ३६ खेलमा स्पेनले १६ खेल जित्दा फ्रान्सले १३ खेल जितेको छ । ७ खेल बराबरीमा सकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *