पहिलो अभ्यास खेलमा नेपाल पराजित

काठमाडौँ । एसीसी महिला एसिया कपको तयारीमा रहेको नेपालले पहिलो अभ्यास खेलमा हार बेहोरेको छ । मंगलबार दिउँसो भएको पहिलो अभ्यास खेलमा नेपाल श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग ‘डकवर्थ एन्ड लुइस’ पद्दतिको आधारमा ३३ रनले पराजित भएको हो ।

वर्षाको कारण जितको लागि १५ ओभरमा ९६ रनको लक्ष्य पेक्को नेपालले १५ ओभरमा ९ विकेटको क्षतिमा ६३ रनमात्र बनाउन सक्यो । नेपालको लाग्गी रुविना क्षेत्रीले सर्वाधिक १७ रन बनाइन् ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्कन टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो ।

अब नेपालले दोस्रो खेल भोलि खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *