फ्रेन्चाइज एभरेष्ट महिला भलिबल लिग हुने

काठमाडौँ । नेपाल भलिबल सङ्घले इन्फिनिटी ड्रिम्स प्रालिलाई एभरेष्ट महिला भलिबल लिग सञ्चालन गर्न अनुमति दिएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा नेपाल भलिबल सङ्घका अध्यक्ष जीतेन्द्रबाहदुर चन्द र इन्फिनिटी ड्रिम्स प्रालिका प्रबन्ध निर्देशक आमिर अख्तरबीच उक्त प्रतियोगिता सञ्चालन गर्ने विषयबारे सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार ड्रिम्सले ६ टोलीबीच फ्रेन्चाइज भलिबल लिग गराउने प्रालिका निर्देशक अख्तरले बताए । उनले भलिबलमार्फत महिला खेलाडीलाई सशक्तिकरण गर्नुका साथै भलिबल खेलको विकास र विस्तारमा सहयोग पु¥याउने बताए । सो सम्झौता सात वर्षका लागि गरिएको हो ।

अध्यक्ष चन्दले इन्फिनिटी ड्रिम्सले गरेको सहयोगले भलिबल खेललाई व्यावसायिक रुपमा अघि बढाउन सहयोग पुग्ने बताए । लिगका माध्यमबाट खेलाडीलाई भलिबल खेलप्रति आकर्षित गर्न र अन्तर्राष्टियस्तरका प्रतियोगितामा खेल प्रदर्शन गर्न सहज हुने उनले विश्वास व्यक्त गरे । लिग सुरु हुने समय भने पछि तय गरिने सङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *