केन विलियम्सनद्वारा कप्तान पदबाट राजीनामा

काठमाडौं । न्युजिल्याण्डका कप्तान केन विलियाम्सनले कप्तान पदबाट राजिनामा दिएका छन् । आईसीसी टी-२० विश्वकपको समूह चरणबाटै बाहिरिएपछि न्यूजिल्याण्डका कप्तान केन विलियम्सनले जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

उनले बुधबार क्रिकेट बोर्डलाई राजीनामा पत्र बुझाएका हुन् । विलियम्सनले सन् २०२४/२५ सिजनका लागि नयाँ केन्द्रीय सम्झौता गर्न पनि अस्वीकार गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

३३ वर्षीय विलियम्सनले समर सिजनमा विदेशी लिग खेल्न केन्द्रीय सम्झौता नगरेको बताए । त्यो समय बाहेक भने आफू न्युजिल्यान्डबाट खेल्न सधैं तयार रहने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *