धन्न नेपालका हाकिम सही गर्न पुगेनछन्

डा.युवराज संग्रौला ।
पश्चिमी देशको एउटा ‘विषकुम्भ’ स्वीजरल्यान्डमा सकियो । शान्तिका नाममा गरिएको जुन सम्मेलन यथार्थतामा, रसियाका विरुद्ध युक्रेनलाई सहायता जुटाउने पश्चिमी अहंकारवादी तमासा थियो । यथार्थमा ‘युक्रेनको युद्ध रोक्न अन्तरास्ट्रिय सम्मेलन गर्नुपर्दैन । अमेरिका र युरोपले युद्ध रोके पुग्छ।’ यो सम्म्लेनमा एउटा गजबको नाटक मन्चन थियो।

१. युद्धको पक्ष रसियालाई सम्मेलनमा निम्तो नै थिएन । कस्तो अचम्म ! यसैले राम्रोसँग प्रकट गर्छ, पश्चिमी शान्तिको नामको युद्ध निरन्तरतामा प्रकट हाइप्रोकेसी ।

२. संसारका १६० वटा देशलाई निमन्त्रणा गरिएको थियो । तर जमा ९० देशले निमन्त्रणा स्वीकार गरे । तर अधिकांशले न्युनतहका प्रतिनिधि पठाए । त्यसमध्येका ७८ वटा पश्चिमी देश तथा तिनका अगुवापछुवा (पपेट) ले मात्र घोषणामा सही गरे, अधिकांश ती साना प्रभावहिन देश थिए । र सम्मेलन लज्जास्पद असफल रह्यो ।

३. चीन र रसिया उपस्थित थिएनन् । इन्डिया, दक्षिण अफ्रिका, ब्राजिल, सउदी अरेबिया आदिले सम्झौतामा हस्ताक्षर गरेनन् ।

४. यो शान्ति सम्मेलन नै थिएन । पश्चिमी प्रभुत्वको युग गयो अब । संसारले पश्चिमको प्रभुत्व अब मान्दैन । तसर्थ संसारका ८० प्रतिशत जनताले सम्मेलनको बेवास्ता गरे । जेलेन्स्कीको भाषा नस्लवादी थियो । उसले भन्यो चीन र ब्राजिल सभ्य देश होइन् किनकी यी देश पश्चिमको कुरा मान्दैन । आजसम्म पश्चिमा आफ्नो उपनिवेशी सोचबाट मुक्त छैनन् । यो को सभ्य र असभ्य छुट्याउँछ । धन्न नेपालका हाकिम सही गर्न पुगेनछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *