युरोकपमा इटाली र स्पेन विजयी

एजेन्सी । युईएफए युरोकपमा साविक विजेता इटाली र स्पेन विजयी भएका छन् । शनिबार राति भएको खेलमा इटालीले अल्बानियामाथि २-१ गोलको पुनरागमन जित निकालेको हो ।

डर्टमण्डमा भएको खेलमा इटालीलाई जित दिलाउन एलेसान्द्रो बास्टोनी र निकोलो बारेल्लाले समान एक/एक गोल गरे । अल्बानियाको लागि नेडिम बाज्रामीले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा अल्बानिया पराजित हुन पुगेको हो ।

खेलको पहिलो मिनेटमै बाज्रामीले गोल गर्दै अल्बानियालाई शुरुवाती अग्रता दिलाएका थिए । ११ अँ मिनेटमा बास्टोनीले गोल गर्दै इटालीलाई १-१ गोलको बराबरीमा ल्याए । १६ औं मिनेटमा बारेल्लाले गोल गर्दै इटालीको अग्रता दोब्बर बनाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा इटाली २-१ गोलले विजयी भएको हो ।

जितसँगै समूह ‘बी’मा रहेको इटालीले ३ अंक छ । सोहि समूहमा रहेको स्पेनलेपनि गएराति भएको खेलमा क्रोएसियालाई ३-० गोलले पराजित गरेको हो ।

बर्लिनमा भएको खेलमा स्पेनलाई जित दिलाउन अल्भारो मोराटा, फाबियन रुइज र डानियल कार्भाहालले समान एक/एक गोल गरेका हुन् । स्पेनले सबै गोल पहिलो हाफमा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *