एजेन्सी । आईसीसी टी-२० विश्वकपमा इंग्ल्याण्ड विजयी भएको छ । शनिबार राति भएको खेलमा इंग्ल्याण्डले नामिबियालाई डक वर्थ लुइस पद्दतीको आधारमा ४१ रनले पराजित गरेको हो ।
जितको लागि १ सय २६ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले निर्धारित १० ओभरमा ३ विकेटको क्षतिमा ८४ रनमात्र बनाउन सक्यो । नामिबियाको लागि माइकल भान लेन्गेनले ३३, डेभिड वाइसले २७ र निकोलस डाभिनले १८ रन बनाए ।
इंग्ल्याण्डको लागि जोफ्रा आर्चर र क्रिस जोर्डनले समान एक/एक विकेट लिए ।
यसअघि सिर भिभान रिचार्ड स्टेडियममा वर्षाको कारण ढिलो शरू भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको इंग्ल्याण्डले १० ओभरमा ५ विकेटको क्षतिमा १ सय २२ रन बनाएको थियो । इंग्ल्याण्डको लागि ह्यारी ब्रुकले ४७, जोनी बैर्स्ट्रोले ३१, मोइन अलीले १६, लिएम लिभिंगस्टोनले १३ र फिल साल्टले ११ रन बनाए ।
नामिबियाको लागि रुबेन ट्रम्पेलमनले दुई विकेट लिंदा डेभिड वाइस र बेर्नार्ड स्चोल्ट्जले समान एक/एक विकेट लिए ।
जितसँगै इंग्ल्याण्ड ४ खेलबाट ५ अंक जोड्दै समूह ‘बी’को दोस्रो स्थानमा रहेको छ । समान खेलबाट दुई अंक जोडेको नामिबिया चौथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । इंग्ल्याण्डले भने सुपर आठमा पुग्न स्कटल्याण्ड र अष्ट्रेलियाबीचको नतिजा पर्खिनुपर्नेछ ।