एजेन्सी । कोपा अमेरिकाको तयारीमा रहेको अर्जेन्टिनाले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ । शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले गुआटेमालालाई ४-१ गोलले पराजित गरेको हो ।
अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सी र लौटारो मार्टिनेजले समान एक/एक गोल गरे । गुआटेमालाले एक गोल उपहार पाएको हो ।
अर्जेन्टिनाले जुन २१ मा क्यानडासँग खेल्दै कोपा अमेरिकाको शुरुवात गर्दैछ ।