ठमेलमा बास्केटबल प्रतियोगिता सुरु

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीलाई हौसला प्रदान गर्न ठमेलमा बास्केटबल प्रतियोगिता आयोजना गरिएको छ ।

‘बन टु हुप क्लब’ को आयोजनामा आजदेखि गोदावरी अल्मुनाई एशोसियशनको सभाहल ठमेलमा सुरु भएको प्रतियोगितामा २३ समूहको सहभागिता रहेको छ ।

प्रतियोगिताको शुभारम्भ गर्दै काठमाडौँ महानगरपालिका–२६ का वडा सदस्य प्रवेश श्रेष्ठले राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतियोगितामा १७ पुरुष र छ महिला समूह सहभागी छन् । आज र भोलिसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ प्रथम समूहलाई २० हजार ट्रफी, मेडल र प्रमाणपत्र र दोस्रोलाई १० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

महिलातर्फ प्रथम हुनेलाई १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र र दोस्रो हुने समूहलाई सात हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक सोजेश मालाकारले जानकारी दिए । पुरुष र महिलातर्फ उत्कृष्ट खेलाडीलाई ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।

संयोजक मालाकारले प्रतियोगिताले बाँस्केटबल खेलको विकास गर्दै खेलाडीलाई हौसला प्रदान गर्न सहयोग पुग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *