राप्रपाद्वारा विभाग प्रमुखको जिम्मेवारीमा हेरफेर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीको विधानबमोजिम केही विभाग प्रमुखको जिम्मेवारीमा हेरफेर गरेको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार पार्टीको विधानबमोजिम केही विभाग प्रमुखको जिम्मेवारीमा हेरफेर गर्नुभएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, “पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखको जिम्मेवारी पार्टी अध्यक्षमा रहने, संयोजित सङ्गठन समन्वय विभागको प्रमुखमा प्रवक्ता गोपाल दाहाल, सम्पर्क समाज समन्वय विभागको प्रमुखमा सह–महामन्त्री धनबहादुर बुढा तथा युवा विभागको प्रमुखमा सहमहामन्त्री प्रकाश रिमाललाई तोकिएको छ ।”

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *