यू-१५ विद्यालय खेलकुद प्रतियोगिताको उपाधि बागमती प्रदेशलाई

पोखरा । पोखरा रङ्गशालामा भएको यू-१५ विद्यालय खेलकुद प्रतियोगिताको उपाधि बागमती प्रदेशले जितेको छ ।

राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद्, गण्डकीको संयुक्त आयोजनामा बुधबार र बिहीबार भएको प्रतियोगितामा ११ स्वर्ण जित्दै बागमती विजेता बनेको हो । बागमतीले छ रजत र सात कास्य पदक जितेको छ ।

छ स्वर्ण जित्दै लुम्बिनी दोस्रो भयो । लुम्बिनीले तीन रजत र १० कास्य जित्यो । गण्डकी पाँच स्वर्ण, आठ रजत र सात कास्य जित्दै तेस्रो र कर्णाली प्रदेश पाँच स्वर्ण, दुई रजत र दुई कास्य जित्दै चौथो स्थानमा रह्यो । कोशी प्रदेशले एक स्वर्ण, सात रजत, आठ कास्य पदक प्राप्त ग-यो । सुदूरपश्चिम एक स्वर्ण, दुई रजत र पाँच कास्य र मधेस एक स्वर्ण, दुई रजत र एक कास्य पदक हासिल ग-यो ।

विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ र प्रदेश खेलकुद परिषद, गण्डकीका सदस्य सचिव श्रीधर शर्माले पुरस्कार प्रदान गरेका थिए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *