डा. युवराज संग्रौला ।
गाउँमा एउटा भनाइ छ, ‘अति गर्नु चार नगर्नु ।’ मोदीजीले आफुलाई अविनाशी बताए, आफूलाई विश्वगुरु बनाए । उनले के बुझेनन् भने ‘जुन धर्मको उनी वकालत गर्थे, दलितमाथि अपमान व्यक्त गर्थे, त्यो धर्मको जग नै अहंकार त्याग्नु हो ।’ मोदीले एकदर्जन जति दर्शनले युक्त वैदिक सभ्यतालाई इन्कार गर्दै ‘ब्राह्मणवाद’ लाई हिन्दू धर्मको नाम दिए।
१. मोदीले छिमेकीहरुलाई बसिखान दिएनन् । बुद्धलाई भारतीय बनाइदिए । हिमाल दक्षिण भारत हो भन्दिए । नेपाललाई ङ्याक्न सम्म ङ्याके । आफूले ब्रिक्सबा पैसा ल्याए, तर नेपाललाई बिआरआईसँग जोड्न दिएनन् ।
२. भलै सरकारसम्म बनाउलान्, तर मोदी साम्राज्य लड्यो । राजनीतिमा अहंकारले लडाउँछ । राजनीतिमा सनक र अहंकार दुवैले तानाशाह जन्माउँछ । विचार बिनाको राजनीति कोब्रा साप हो ।
३. मोदीले भारतलाई अहंकारी राष्ट्र बनाए । अब भारतको राजनीति अस्थिर हुनेछ । नेपालले आफूलाई जोगाउने बेला हो यो, भलै भारतीय कांग्रेस नेपालको लागि शुभ कहिले पनि रहेन । तर राहुल गान्धी आफूलाई गरीबसँग जोडेको देखिन्छ ।
विगत १० वर्षमा मोदीले एसिया प्यासिफिक रणनीतिका कारणले एसियालाई पश्चिमी देशको प्रभुत्व निर्माण गर्न सहयोग गरे । इजरायललाई उचाल्ने काम गरे । अलिकति राहत हुन्छ अब । त्यहाँको गोदी संचार माध्यमको ताकत ढुसिन्छ । संकीर्ण धर्मको व्यापार घट्छ ।
