बिआरआई र श्रीलंका, नेपाल र चीनियाँ ऋण !

केशवप्रसाद भट्टराई

१. बिआरआई अन्तर्गत श्रीलंकाले चीनसँग एक सय ३४ करोड डलर ऋण लिएर हम्बनटोटा बन्दरगाहलाई विकास गरेर अत्याधुनिक सुविधासम्पन्न बनायो, तर चलेन ।सन् २०११ –१६ को पाँच वर्षको अवधिमा सो बन्दरगाहको घाटा २३ करोड डलर भन्दा बढी भएपछि ऋणको सावाँ ब्याज तिर्न नसकेर श्रीलंकाले उक्त बन्दरगाह ९९ वर्षको लागि एउटा चीनियाँ कम्पनीलाई नै ठेक्का दियो ।
हम्बनटोटा सन्धिमा ९९ वर्ष पछि अर्को ९९ वर्षको लागि पनि सो ठेक्काको अवधि बढाउन सकिने व्यवस्था रहेको छ ।

२. त्यसैगरी चीनसँग २१ करोड डलर ऋण लिएर बनाएको मत्तला राजपाक्षे अन्तर्राष्ट्रिय विमानस्थल चलाउन नसकेर घाटामा गएपछि हालै आएर एउटा भारतीय र रसियाली कम्पनीलाई ३० वर्षको लागि ठेक्कामा दिएको छ ।

३. कमिसन खाने लोभमा नेपालका शासकहरूले पनि चीनसँग ऋण लिएर बनाएको पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थल बनाए । त्यसको हालत भनिरहन परेन । अझ ऋण लिएर भनेपनि केरुङ काठमाडौँ रेल बनाउनै पर्छ भन्ने अड्डी लिएर केही वाम नेता उफ्रिएका उफ्रियै छन् । ऋण लिने र तिर्न नसकेर पछि भोग बन्धकीमा विदेशीलाई जिम्मा लगाउने !

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *