एजेन्सी । इंग्लिस प्रिमियर लिगमा वेस्ट हाम र लिभरपुलले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा वेस्ट हामसँग २-२ गोलको बराबरीमा रोकिएपछि उपाधि होडमा रहेको लिभरपुललाई धक्का लागेको छ ।
लण्डन स्टेडियममा भएको खेलमा वेस्ट हामको लागि जारोड बोवेन र माइकल एन्टोनियोले समान एक/एक गोल गर्दा लिभारपुलको लागि एन्ड्रीउ रोबर्टसनले एक गोल गर्दा एक गोल उपहार पाएको हो ।
बराबरीसँगै लिभरपुल ३५ खेलबाट ७५ अंक जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । समान खेलबाट ४९ अंक जोडेको वेस्ट हाम आठौँ स्थानमा रहेको छ ।