काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्याण्ड उल्फ्सले आज हुने दोस्रो टी-२० खेलमा नेपाल ‘ए’को सामना गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे शुरु हुनेछ ।
आज हुने खेलमा नेपाल सिरिजको पहिलो जितको खोजीमा हुनेछ । शुक्रबार भएको पहिलो खेलमा नेपाल आयरल्याण्ड उल्फ्ससँग २१ रनले पराजित भएको थियो । रनको वर्षा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको आयरल्याण्ड उल्फ्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २२ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको नेपालको लागि लोकेश बमले सतक पूरा गरेपनि नेपाल ‘ए’ १९.३ ओभरमा २ सय १ रनमा समेटिएको थियो । त्यसैले नेपाललाई आजको खेलमा जित निकाल्दै सिरिजमा बराबरी गर्न चाहन्छ । यता आयरल्याण्ड भने एक खेल अगावै सिरिज आफ्नो पक्षमा पार्ने दाउमा रहेको छ ।