इलाम र बझाङमा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले इलाम-२ र बझाङ क्षेत्र नम्बर-१ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलाम-२ र बझाङ-१ मा उम्मेदवारी दिने निर्णय गरेको हो ।

बैठकले सर्वसम्मत रुपमा पार्टीबाट आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकले उम्मेदवारको टुंगो भने लगाएको छैन । आगामी वैशाख १५ गते इलाम-२ र बझाङमा उपनिर्वाचन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *