व्यक्तिवादी राजनीतिले कसरी गर्छ देशको भलाई ?

डा. युवराज संग्रौला ।
शक्ति संग्रहको लागि प्रतिस्पर्धा ‘बृटिस बहुमतीय उदारवादको विशेषता हो।’ स्केन्डिनिभियन राजनीतिकशास्त्रीहरु भन्ने गर्छन्, ‘बेलायतीहरु बेलायत लोकतान्त्रको जननी हो भन्ने भ्रम आजसम्म फैलाइरहेका छन्, जबकी स्केन्डिनिभियाको लोकतन्त्रको विकासमा बेलायतको कुनै नाता सम्बन्ध छैन।’

१. बेलायती लोकतन्त्रको चाहना कुलिनहरुको स्वार्थको रक्षा गर्नु थियो । किसान र शिल्पीहरुमाथि कर लगाएर धन असुल्नु थियो । त्यसैले बेलायती राजाले कुलीन बोके । नेपालका थुप्रै मान्छेलाई त म्याग्नाकार्टा कुलिनहरुको रक्षाका लागि ल्याइएको थियो।

२. शक्तिको संग्रह गर्ने नेपालको वर्तमान लोकतन्त्र जस्ता व्यवस्थालाई सामाजिक न्याय र जनसमृद्धिको चासो हुँदैन ।

३. नेपाली जनताले खोजेको त सामाजिक नागरिकतन्त्र हो, जसले शिक्षालाई, स्वास्थ र नागरिक सामाजिक सुरक्षालाई राज्यको प्राथमिक कर्तव्य बनाउँछ ।

४. पटक पटक प्रधानमन्त्री र मन्त्री बन्नेहरुको राजनीतिमा एउटामात्र धेय छ’शक्तिको संग्रह र राज्यसुविधा’को भोग ।

५. यस शक्ति संग्रहको मञ्चनमा “कोही यथास्थितिवादी हुन्छन्, कोही अराजक र कोही आकांक्षी । तर सबैको एउटा सनझा उद्देश्य हुन्छ ‘सत्ताकुर्सी ।’ परिवर्तन उनीहरुको योजना होइन ।

६. परिवर्तनका लागि त समस्याको विश्लेषण र इतिहासका प्रवृत्तिहरुको अध्ययनद्वारा रचिएको विचार चाहिन्छ । हाम्रो इतिहासले कोरेको बाटो सधैं ‘सामूहिक सहयोगबाट सबैको हित’ हो। हाम्रो संस्कृतिले सामाजिक उत्पादन, समूहको समान समृद्धि र सामाजिक सुरक्षाको दर्शनको बाटोमा आफ्नो परिचय निर्माण गरेको छ, अनि व्यक्तिवादी राजनीतिले देशको भलाई कसरी गर्छ । सामाजिक नागरिकतन्त्रको निर्माण शक्ति संग्रहको राजनीतिबाट हुँदैन भन्ने चेतना बौद्धिक र युवामा पलाएपछि, भ्रमको पछाडि कुद्नेहरुको यात्रा सकिन्छ । तब परिवर्तनले बाटो लिन्छ। ‘बाँध बाँधेर खोला फर्काउनुहोस् माछा पानी बगेतिरै जान्छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *