लुम्बिनीमा नेपाल थेरवाद विहारको उद्घाटन

लुम्बिनी । लुम्बिनीमा नेपाली मौलिकता झल्कने नेपाल थेरवाद विहार उद्घाटन गरिएको छ। नवनिर्मित विहारको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा, भिक्षु महासंघका संघनायक भिक्षु बोधिसेन महास्थविर, संघका उपनायक भिक्षु गुणधोष महास्थविर अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष फ्रा.धम्मशोभन महास्थवीरले शनिबार एक समारोहकाबीच उद्घाटन गरेका हुन् ।

अखिल नेपाल भिक्षु महासंघले निर्माण गरेको भवनको भिक्षु संघबाट त्रिरत्न बन्दना र जयमंगल गाथा पाठ गरेर उद्घाटन गरिएको हो। विहार करिव १ करोड ९० लाखको लागतमा तयार पारिएको संघले जनाएको छ ।

कार्यक्रममा उपाध्यक्ष लामाले शान्ति खोज्ने सबै भगवान् गौतम बुद्धको अनुयायी भएको बताए । उनले ज्ञान र शान्तिशास्त्रबाट मात्र होइन, ज्ञान आफैँभित्रबाट पाइने कुरा उजागर गर्दै आज सबै बौद्धमार्गी मात्र नभई सबै समाजमा उनका विचारलाई सूत्रका रूपमा प्रयोग गर्दै खुसी भइरहेको समेत बताएका छन् ।

कार्यक्रममा महासंघका उपाध्यक्ष शीलभद्र महास्थवीर, अर्का उपाध्यक्ष सद्धातिम्स महास्थवीरलगायतले बोलेका थिए। विहारभित्र बुद्ध मूर्ति एवं अभ्यास कक्षहरू स्थापना गरिएको छ। विहारभित्र पूजा तथा प्रार्थना कक्ष, भिक्षु कक्ष, भिक्षु आवासलगायतका संरचना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *