राजेन्द्र महतोद्वारा लोकतान्त्रिक समाजवादी पार्टी परित्यागको घोषणा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन् । सोमबार पत्रकार सम्मेलन गरी महतोले राष्ट्रिय मुक्ति क्रान्तिको आह्वान गरेका छन् ।

उनले देशको विद्यमान सबै प्रकारका विभेद, असमानता, शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, भ्रष्टाचार, कुसंस्कार संस्कृतिबाट देशलाई मुक्ति दिलाइ देशका सबै वर्ग, समुदाय, धर्म, जात–जाती, क्षेत्र, लिंगका जनतालाई अधिकार, पहिचान, स्वशासन, सुशासन, समृद्धि तथा सामाजिक न्याय प्रदान गर्नका लागि विगतमा जस्तै’ फरकफरक क्षेत्रका जनता एक्लाएक्लै लडेर नहुने बताएका छन् ।

उनले भनेका छन्, ‘अब एकल एकल रुपमा छुट्टाछुट्टै फुटेर संघर्ष गर्दा भोगेको पीडा र असफलताबाट सबक लिँदै ‘फोड र राज्य गर’ शासकीय नीति विरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’ अभियान तहत सबै मिली एकताबद्ध भई राष्ट्रिय मुक्ति क्रान्ति गर्नुको विकल्प नै रहेन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *