काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भविष्यमा आउनसक्ने चुनौतिहरुको सामना गर्न सान्दर्भिक राजनीतिक दर्शनको आवश्यकता रहेको बताएका छन् । शुक्रबार पार्टी निकट नेपाल बुद्धिजीवी परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शक्तिशाली राष्ट्रहरू बीचको वैमनस्यले गर्दा विकासउन्मुख देशहरुले क्षति व्यहोर्नुपरेको बताए ।
उनले भने,‘शक्तिशाली राष्ट्रहरूबीचको वैमनस्यले गर्दा हुने क्षतिको स्रोत हो । अरूको मूल्यमा आफ्नो प्रभाव प्रयोग गर्ने प्रयासमा संसारमा हावी हुनु अथाह छ । समाज र राष्ट्रहरू बीचको यो द्वन्द्व आजपनि यसरी नै जारी छ र यसले सबै राष्ट्र र जनताका लागि विनाशकारी प्रभाव पारेको छ ।’
उनले चरमपन्थी निरंकुश राष्ट्रहरुको शासनले अनावश्यक मानवीय पीडा, युद्ध र अकल्पनीय क्षति निम्त्याएको बताए । गरिब विरुद्धको लडाईंमा सफलता हासिल गर्नु नेपाली विकासको अवधारणा रहेको भन्दै ओलीले नेकपा एमाले ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय संकल्प पुरा गर्न प्रतिवद्ध रहेको बताए ।