रुसको बेलगोरोडमा युक्रेनी रकेट आक्रमणमा ५ जनाको मृत्यु, १८ जना घाइते

रुसको बेलगोरोडमा युक्रेनी मिसाइल आक्रमणमा परी पाँच जनाको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएका छन् ।

क्षेत्रीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले बिहीबार बताए अनुसार बेल्गोरोडमा एक जना बच्चासहित पाँच व्यक्तिको मृत्यु भएको थियो भने अन्य १८ जना घाइते भएका थिए । घाइतेमध्ये पाँच जना बालबालिका हुन् ।

किरना पसल र औषधि पसल रहेको स्थानीय किनमेल केन्द्रमा युक्रेनी सशस्त्र सेनाको मिसाइल आक्रमणबाट गम्भीर क्षति पुगेको रुसको आरआईए नोवोस्ती समाचार एजेन्सीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *