धादिङ । नेकपा एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी विजयी भएका छन् । बिहीबार भएको निर्वाचनमा डा. रामकुमार अधिकरीलाई पराजित गर्दैै त्रिपाठी अध्यक्षमा विजयी भएका हुन् ।
त्रिपाठीले ३०९ मत प्राप्त गरे भने अधिकारीले २३८ मत प्राप्त गरेका छन् । यससँगै त्रिपाठी जिल्ला अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।