काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत आजबाट शुरु भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिलो सफलता पाएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा नेपालको लागि स्पिनर ललित नारायण राजवंशीले पहिलो सफलता दिलाएका हुन् ।
ललितले नामिबियाका ओपनर निकोलस डाभिनले १५ रनमा आउट गरेका हुन् । ताजा अवस्थामा नेदरल्यान्ड्सले ८ ओभरको समाप्तिमा एक विकेटको क्षतिमा २९ रन जोडेको छ । नामिबियाको लागि माइकल भान लिन्गेन १२ र जान फ्राईलिक एक रन बनाउँदै क्रिजमा छन् ।
टस हारेर पहिले ब्याटिङ गर्न उत्रिएको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाउँदै १३२ रन बनाएको हो । नेपालका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा नेपाल झिनो स्कोरमै खुम्चियो । नेपालका ब्याटर भीम सार्कीले सर्वाधिक ४४ रन बनाए।
यस्तै गुल्सन झा २१, करन केसी १६, कुशल मल्ल १५ तथा पवन सर्राफले १२ रन जोडे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । नामिबियाका बलर जेरार्ड एरामसले नेपालका ५ विकेट लिए। ८.१ ओभर बलिङ गरेका उनले मात्र २८ रन खर्चेका थिए।