नेपालले नामिबियालाई दियो १३३ रनको लक्ष्य

काठमाडौं । आइसीसी विश्वकप लिग–२ को पहिलो एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपालले नामिबियालाई १३३ रनको लक्ष्य दिएको छ । खराब सुरुवात गरेको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाउँदै १३२ रन बनाएको हो ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो। नेपालका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा नेपाल झिनो स्कोरमै खुम्चियो । नेपालका ब्याटर भीम सार्कीले सर्वाधिक ४४ रन बनाए।

यस्तै गुल्सन झा २१, करन केसी १६, कुशल मल्ल १५ तथा पवन सर्राफले १२ रन जोडे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । नामिबियाका बलर जेरार्ड एरामसले नेपालका ५ विकेट लिए। ८.१ ओभर बलिङ गरेका उनले मात्र २८ रन खर्चेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *