काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत आजबाट शुरु भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिलो विकेट गुमाएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा नेपालले इनिंसको पहिलो बलमै कुशल भुर्तेललाई गुमाएको हो ।
कुशल भुर्तेल रुबिन ट्रम्पेलमनको बलमा जेजे स्मितबाट क्याचआउट हुँदै गोल्डेन डक आउट भएका हुन् । ताजा अवस्थामा नेपालले एक ओभरको समाप्तिमा एक विकेटको क्षतिमा ८ रन जोडेको छ । हाल अनिल शाह ८ र आसिफ शेख सुन्य रनसहित क्रिजमा छन् ।