पीएसजी विजयी, बायर्न पराजित

एजेन्सी । युईएफए च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा पेरिस सेन्ट जर्मन(पीएसजी) विजयी हुँदा बायर्न म्युनिख पराजित भएको छ । बुधबार राति भएको अन्तिम १६ को पहिलो लेगमा पीएसजीले रियल सोसिडाडलाई २-० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन किलियन एम्बाप्पे र बार्डी बार्कोलाले समान एक-एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८ औं मिनेटमा मार्किन्होसको पासमा एम्म्बाप्पेले गोल गर्दै पीएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

७० औं मिनेटमा फाबियन रुइजको पासमा बार्कोलाले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा पीएसजी २-० गोलले विजयी भएको हो । अब दुई टोलीबीचको दोस्रो लेग ५ मार्चमा हुनेछ ।

यस्तै गएरातिनै भएको अर्को खेलमा लाजियोले बायर्न म्युनिखलाई १-० गोलले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा लाजियोलाई जित दिलाउन किरो इमोबिलले पेनाल्टीमा निर्णायक गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *