काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने कार्यक्रम रहेको छ ।
केन्द्रीय कमिटी बैठक बोलाउने र समसामयिक राजनीतिक विषयमाथि छलफल गर्न सचिवालय बैठक बोलाइएको पार्टी उपमहासचिव पृथ्बीसुब्बा गुरुङले जानकारी दिए । बैठकमा राष्ट्रियसभा निर्वाचन, सरकारको कामकारबाहीबारे पनि समीक्षा हुने एमालेले बताएको छ ।