अलिल र देभलाई समेट्दै विश्वकप लिग-२ को लागि नेपाली टोलीको घोषणा

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत हुने त्रिकोणात्मक सिरिजको लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले यसअघि घोषणा गरेको टोलीमा दुई खेलाडी परिवर्तन गर्दै नयाँ टोलीको घोषणा गरेको हो ।

क्यानले घोषणा गरेको नयाँ टोलीमा अनिल शाह र देभ खनाल जोडिएका छन् । यसअघि क्यानडाविरुद्ध भएको एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि देभ र अनिललाई टोलीमा समेटिएको हो । देभ र अनिलको आगमनसँगै अर्जुन साउद र रिजन ढकाल टोलीबाट बाहिरिएका छन् ।

त्रिकोणात्मक सिरिजमा नेपालसँगै नेदरल्यान्ड्स र नामिबिया प्रतिस्पर्धा गर्दैछन् ।  सिरिज भोलि बिहीबारबाट शुरु हुनेछ ।  भोलि हुने पहिलो खेलमा नेपाल र नामिबिया भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *