‘पाकिस्तानमा बौद्ध सम्पदा’ कार्यक्रम आयोजना

काठमाडौँ । युवा बौद्ध सङ्घ र पाकिस्तान दूतावासद्वारा ‘पाकिस्तानमा बौद्ध सम्पदा’ (भिजुअल) कार्यक्रम आयोजना गरिएको छ ।

बौद्ध राहत केन्द्र भवनमा शनिबार आयोजित कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले कार्यक्रममा सहभागी हुन पाएकोमा युवा बौद्ध सङ्घलाई धन्यवाद दिए ।  नेपाल र पाकिस्तानका जनताबीचको सम्बन्धलाई जोड्न पाकिस्तानका बौद्ध सम्पदाको भूमिका महत्वपूर्ण रहने उनको भनाइ थियो ।

युनेस्को र पाकिस्तान पुरातत्व विभागले बौद्धस्थलको सारलाई उचित र व्यावसायिक रूपमा संरक्षण गरिरहेको उनले बताए । विशेषगरी पाकिस्तानको तक्षशिला, चकदारा, मिङगोरा र पेशावर क्षेत्रमा बौद्ध धार्मिकस्थल रहेकाले पाकिस्तानमा बौद्ध धार्मिक पर्यटनको अपार सम्भावना रहेको उनले उल्लेख गरे ।

त्यस अवसरमा सहभागी र अनुसन्धानकर्ताले पाकिस्तानमा रहेका बौद्ध सम्पदास्थलको महत्वलाई स्वीकार गर्दै विशेष गरी नेपालका टुर अपरेटरले बौद्ध धार्मिक पर्यटन प्याकेजमा यी स्थलको भ्रमणलाई स्थायी रूपमा समावेश गर्नुपर्नेमा जोड दिइयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *