एजेन्सी । म्यानचेस्टर युनाइटेड इफए कपको चौथो चरणमा पुगेको छ । सोमबार राति भएको खेलमा युनाइटेडले वेगान एथ्लेटिकलाई २-० गोलले पराजित गरेको हो ।
डीडब्लु स्टेडियममा भएको खेलमा युनाइटेडलाई जित दिलाउन डिएगो डालोट र ब्रुनो फर्नान्डेजले समान एक-एक गोल गरे । खेलको २२ औं मिनेटमा रासफोर्डको पासमा डालोटले गोल गर्दै युनाइटेडलाई शुरुवाती अग्रता दिलाएका थिए । यस्तै ७४ औं मिनेटमा ब्रुनोले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई २-० गोलको जित दिलाए ।
जितसँगै युनाइटेड चौथो चरणमा पुग्दा वेगान प्रतियोगिताबाट बाहिरिएको छ ।