क्यानको महाप्रवन्धकमा उत्सव ढुंगाना नियुक्त

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले उत्सव ढुंगानालाई महाप्रवन्धक नियुक्त गरेको छ । सात जनाको सूचीबाट ढुंगानालाई क्यानले महाप्रवन्धक नियुक्त गरेको हो ।

ढुंगाना यसअघि बलियो नेपाल संस्थाका अपरेसन र कार्यक्रम निर्देशक थिए । वृतान्त खनालले राजीनामा दिएपछि क्यान ६ महिनादेखि महाप्रवन्धकविहीन रहेको थियो । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेलसम्मिलित छनोट समितिले नयाँ महाप्रवन्धक चयन गरेको हो ।

गत महिना महाप्रवन्धकका लागि आवेदन माग गरेकोमा ६१ जनाले आवेदन दिएका थिए । ६८ जनाबाट सुरुमा १४ जना छनोट गरिएको थियो भने अन्तिम सूचीमा ७ जनालाई राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *