राष्ट्रियसभा सदस्यमा तीन पदका लागि गण्डकीमा आठ जनाको उम्मेदवारी

पोखरा । राष्ट्रियसभा सदस्यका लागि गण्डकी प्रदेशमा तीन पदमा आठ जनाको उम्मेदवारी परेको छ । गण्डकीमा नेपाली काग्रेस, नेकपा एमाले, माओवादी र राप्रपाका उम्मेदवारले उम्मेदवारी दिएका निर्वाचन कार्यालय गण्डकीका निमित्त प्रमुख रुद्र न्यौपानेले जानकारी दिए ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसबाट २ पद कांग्रेस र माओवादीबाट १ पदमा उम्मेदवारी दिएका छन् । कांग्रेसबाट गोरखाका किरणबाबु श्रेष्ठ र कांग्रेसबाट अपांगताबाट पदमबहादुर परियारले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी माओवादीबाट पर्वतकी मनरुपा शर्मा उम्मेदवारी दर्ता गराएकी छन् ।

यसैगरी नेकपा एमालेबाट गण्डकी प्रदेशमा गोरखाकी सम्झना देवकोटा, स्याङ्जाका चक्रबहादुर पराजुली र मुस्ताङका हेमचन्द्र शेरचन थकालीले उम्मेदवारी दर्ता गराएका छन् ।

राप्रपबाट गण्डकीमा महिलाबाट तनहुँकी गौमाया श्रेष्ठ र कास्कीका रोमबहादुर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।
गण्डकीमा सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा बढी मतभार रहेकाले सत्ता गठबन्ध कै जित नजिक छन् । सत्ता गठबन्धन दलबाट गण्डकीमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गण्डकीमा उपस्थिति छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *