सम्पर्कविहीन २१ प्रहरीलाई हाजिर हुन सात दिनको म्याद

काठमाडौं । नेपाल प्रहरीमा विभिन्न पदमा कार्यरत २१ जना सम्पर्कविहीन भएका छन् । जानकारीबिनै आफूखुसी एक महिनाभन्दा बढी समयमा बिदा बसेपछि प्रहरी प्रधान कार्यालयले खोजी सुरु गरेको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले बुधबार सूचना जारी गरी एक महिना भन्दा बढी समयदेखि आफूखुसी गैरहाजिर रहेका २१ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो ।

उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिन भित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिँदै सूचना जारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *