काठमाडौंलाई हराउँदै ललितपुर क्वालिफायरमा

काठमाडौं । ललितपुर सिटी एफसी नेपाल सुपर लिग(एनएसएल)को क्वालिफायरमा पुगेको छ । मंगलबार बेलुकी भएको खेलमा साविक विजेता काठमाडौं रेजर्सलाई ३-० गोलले हराउँदै ललितपुर फाइनल नजिक पुगेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ललितपुरलाई जित दिलाउन इमोह एजेकेलले दुई गोल गर्दा पापा इबोउ केबेले एक गोल थपे । खेलको ३६ औं मिनेटमा इजेकेलले गोल गर्दै ललितपुरलाई शुरुवाती अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा केबेले गोल गर्दै ललितपुरलाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाएका थिए ।

यस्तै ५२ औं मिनेटमा इजेकेलले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ३-० गोलको अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा ललितपुर ३-० गोलले विजयी भएको हो ।

अब ललितपुरले दोस्रो क्वालिफायर्स पोखरा थन्डर्सको सामना गर्नेछ । पोखरा सोमबार भएको पहिलो क्वालिफायर्समा धनगढी एफसीसँग पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *