गुप्तेश्वर गुफाको आम्दानी पाँच करोड भन्दाबढी

गण्डकी । पोखरा–१७ छोरेपाटनस्थित ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्र गुप्तेश्वर महादेव गुफामा एक वर्षको अवधिमा  पाँच करोड ४२ लाख ३८ हजार पाँच सय ८३ आम्दानी भएको छ ।

गुप्तेश्वर महादेव गुफा संरक्षण समितिको २८औँ वार्षिक साधारणसभामा दिइएको जानकारी अनुसार टिकट बिक्रीबाट  चार करोड २८ लाख ५८ हजार चार सय ८०, दान पात्रबाट  २७ लाख ४६ हजार नौ र सहयोग रसिदबाट  ५१ लाख २७ हजार सात सय ५१, बैंक ब्याजबाट  १८ लाख ३५ हजार छ सय २७, सटर कबल  आठ लाख ६८ हजार, कामधेनु गाईले  चार लाख ६२ हजार आठ सय ६०, सदस्यता रसिद रु ४६ हजार र अन्य  तीन लाख २३ हजार सात सय ६१ आम्दानी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *