काठमाडौं । नेपाल सुपर लिग(एनएसएल)मा धनगढी एफसीले पहिलो हार बेहोरेको छ । बुधबार भएको खेलमा झापा एफसीसँग २-० गोलले पराजित भएसँगै धनगढीको अपराजित यात्रामा पूर्णविराम लागेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा झापालाई जित दिलाउन अन्जन विष्ट र समिराज ठोकरले समान एक-एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३ औं मिनेटमा अन्जनले गोल गर्दै झापालाई शुरुवाती अग्रता दिलाएका थिए ।
यस्तै ७७ औं मिनेटमा समिराजले गोल गर्दै झापालाई २-० गोलको जित दिलाएका हुन् । जितसँगै झापाले ७ खेलबाट १० अंक जोडेको छ । समान खेलबाट धनगढीले १२ अंक जोडेको छ ।