काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित ६ जना न्यायाधीशहरूको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिले अनुमोदन भएको छ ।
बुधवार बिहान बसेको समितिको बैठकलेसबै न्यायाधीशको नाम सर्वसम्मतिले अनुमोदन गरेको सभापति पशुपति शमशेर जबराले जानकारी दिए ।
सर्वोच्चका प्रस्तावित न्यायाधीशका रुपमा अब्दुल अजिज मुसलमान, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, सारङ्गा सुवेदी, सुनिल पोखरेल र टेकप्रसाद ढुङ्गानाको नाम न्याय परिषद्बाट सिफारिस भएको थियो ।
उनीहरूविरुद्ध परेका उजुरीमाथि करिब एक साता लामो सुनुवाइपछि सबैजनाको नाम समितिबाट सर्वसम्मतिले अनुमोदन भएको हो । न्यायपरिषद्को सिफारिसपछि उनीहरूबारे गत मंसिर २४ गतेदेखि संसदीय समितिमा सुनुवाइ अघि बढेको थियो।