म्यानचेस्टर सिटी फिफा क्लब विश्वकपको फाइनलमा

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटी फिफा क्लब विश्वकपको फाइनलमा पुगेको छ । मंगलबार राति भएको खेलमा उरावा रेड डायमण्डलाई ३-० गोलले हराउँदै सिटी विश्वकपको फाइनलमा पुगेको हो ।

किंग अब्दुल्लाह स्पोर्ट्स सिटीमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन माटियो कोभासिक र बर्नाडो सिल्भाले समान एक-एक गोल गर्दा एक गोल उपहार पाएको हो ।  पहिलो हाफको इन्जुरी समयमाहोइब्राटेनले गोल गर्दै सिटीलाई शुरुवाती अग्रता दिलाएका थिए ।  ५२ औं मिनेटमा वाल्करको पासमा कोभासिकले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।

यस्तै ५९ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ३-० गोल =को जित दिलाएका हुन् ।  अब सिटीले शुक्रबार हुने फाइनल खेलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सेको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *